अन्तराष्ट्रिय समाचार हिंसा

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा सडक प्रदर्शन जारी

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा आक्रोश चर्किएको छ । बिहीबार राति अमेरिकाका धेरै शहरमा विरोध प्रदर्शनका क्रममा तोडफोड भयो । जर्ज फ्लोइड नामका यी अश्वेत व्यक्तिको सोमबार मृत्यु भएको थियो,उनी प्रहरी नियन्त्रणमा थिए । मिन्नेसोता, मिन्नियपोलिस सडकमा भुइँमा लडेका यी व्यक्तिको घाँटीमा एक स्वेत प्रहरी अधिकारीले केही मिनेटसम्म आफ्नो घुँडाले थिचेको भिडियो अहिले भाइरल […]

अन्तराष्ट्रिय समाचार हिंसा

बाल यौन दुर्व्यवहारको मुद्धामा फिलिपिन्सले एक अमेरिकीलाई दियो जन्मकैदको सजाय

जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन।जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन। फिलिपिन्सको एक अदालतले बुधबार एक अमेरिकीलाई बाल यौन दुर्व्यवहारको आरोपमा जन्मकैदको जेल सजाय सुनाएको छ। डेभिड तिमोथी डकिन नामका ती अमेरिकी नागरिकलाई वेभ क्यामराको प्रयोग गरी विदेशी ग्राहकहरुलाई बालबालिकाको भिडियो, फोटो र लाइभ स्ट्रिम बेचबिखनको आरोप लागेको थियो। राष्ट्रिय अनुसन्धान […]

अन्तराष्ट्रिय समाचार हिंसा

थाइल्यान्डमा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु

थाइल्यान्डको सरकारी रेडियो एनबीटीको स्टेसनमा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । बन्दूकधारी त्यही स्टेसनका असन्तुष्ट कर्मचारी भएको बताइएको छ । बुधवार बिहान फितसानुलोक शहरमा रहेको रेडियो स्टेसनमा घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार, स्टेसन निर्देशक र दुई वरिष्ठ इन्जिनीयरहरूको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । […]

समाचार हिंसा

राँगाको आक्रमणबाट रौतहटमा महिलाको मृत्यु

रौतहटको पूर्वीभेग बृन्दावन नगरक्षेत्र अन्तर्गत राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीनजना महिलासंग वनबाट दाउरा ल्याउँदै गर्दा शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाका […]

समाचार हिंसा

नाबालिका बलात्कार केसमा श्री सुब्बालाई सात दिनको म्याद थप

८ वर्षीया नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका श्री सुब्बालाई सात दिनको म्याद थप गरीएको छ । इलाका प्रहरी कार्यालय धरानले बिहिबार पक्राउ गरेका सुब्बालाई शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले भने ‘पहिलो पटकलाई अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी अनुमति पाएका […]

राष्ट्रिय समाचार हिंसा

मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर

राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताव अफताब आलमका भाइ हुन् । ‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय […]

समाचार हिंसा

नावालिका बलात्कारको आरोपमा श्री सुब्बा पक्राउ

एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष पनि […]

समाचार हिंसा

दुलाल हत्या प्रकरण : विवाहेत्तर सम्बन्धले श्रीमतीको हातमा हत्कडी

औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्या भएको तेस्रो दिन भयो । तर उनको अन्त्येष्टि गरेर किरिया बस्दा नबस्दै उनकी पत्नी मीना श्रेष्ठ दुलालको हातमा हत्कडी लागेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानको निष्कर्ष छ, विवाहेत्तरसम्बन्धका कारण मीनाले नै देवीप्रसादको हत्या योजना बनाए । आफैं सहभागी भएर हत्या गरिन् । र, घटना लुकाउने प्रयासमा छिमेकीलाई बोलाएर अस्पताल लगिन् […]

राष्ट्रिय समाचार हिंसा

म्याग्दी : हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका वडाध्यक्ष धरौटीमा रिहा

हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा धरौटीमा छुटेका छन् । जिल्ला अदालत म्याग्दीका न्यायाधीश माधवेन्द्रराज रेग्मीको मङ्गलबारको इजलासले शेरपुजालाई धरौटीमा छाड्न आदेश गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा शेरपुजाले आफूसँग गोली रहेको स्टाटस राखेपछि प्रहरीले घर खानतलासी गरेको थियो । २०७६ चैत ३० गते शेरपुजाको घरमा खानतलासी […]

समाचार हिंसा

लागुऔषधसहित तीन जना पक्राउ

कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरले आठ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र […]