समाचार स्वास्थ्य

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु

दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु भएको छ। मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष रहेका छन्। भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए। क्‍वारेन्टाइनमा बेहोस भएपछि क्‍वारेन्टाइनमै उपचार गरिएको थियो। उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना संक्रमितको संख्यामा ब्राजिलमा एकैदिन देखियो कीर्तिमानी वृद्धि

कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन्। रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको हो। संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना महामारी – भारतमा संक्रमित संख्या चीनभन्दा दोब्बर

चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले भारतमा तीब्र छ । यता, चीनमा भने महामारी धेरै हदसम्म नियन्त्रण आइसकेको छ । वल्र्डोमिटर्सको पछिल्लो तथ्यअनुसार भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । चीनमा कुल ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको […]

समाचार स्वास्थ्य

दुई हप्तामा गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिए

कैलालीको गौरीफन्टा नाकाबाट २९ हजारभन्दा बढी नेपाली भित्रिएका छन् । जेठ २ गतेदेखि १५ गतेसम्म २९ हजार नेपालीहरुले नेपाल प्रवेश पाएका हुन् । बिहीबार पनि भारतमा अलपत्र परेका नेपालीको उद्धार गरिएसँगै नेपाल ल्याइएका नेपालीहरुको संख्या २९ हजार नाघेको हो । स्थानीय प्रशासनको समन्वयमा बिहीबार चार हजार पाँच सय ६४ जनाको उद्धार गरीएको छ । उद्धार […]

समाचार स्वास्थ्य

हरेक साता दोब्बरले बढ्दै संक्रमित

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या सातापिच्छे दोब्बरले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार एकैदिनमा कोरोनाका १ सय ५६ नयाँ संक्रमित थपिएपछि कुल संख्या १ हजार ४२ पुगेको छ । गत शुक्रबार ५ सय १६ जनामा संक्रमण पुष्टि भएकामा ठीक एक सातापछि बिहीबार यो संख्या दोब्बर बनेको हो […]

समाचार स्वास्थ्य

कोरोना भाइरस नेपाल: झन्डै ५,००० जनालाई सङ्क्रमण हुने नयाँ प्रक्षेपण, आवश्यक सामग्री किन्दै सरकार

नेपालमा कोरोनाभाइरस सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या ५,००० सम्म पुग्ने नयाँ अनुमान गर्दै त्यसअनुसार आवश्यक स्वास्थ्य सामग्रीको खरिद प्रक्रिया अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार कोरोनाभाइरस परीक्षणका लागि अत्यावश्यक सामग्रीको बोलपत्र आह्वान गरिसकिएको छ। कोरोनाभाइरस नियन्त्रणका लागि खटिएको जनशक्तिका लागि आवश्यक हुने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, पन्जा जस्ता सामान खरिदका लागि स्वीकृति दिइसकिएको छ। […]

समाचार स्वास्थ्य

टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल गरिएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाण्डौको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नम्बर-३ऽ टोखा बजार जाने उकालो नजिक र वडा नम्बर-६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरसः रसियामा हालसम्मकै उच्च मृत्युदर कायम

रसियामा आइतबार कोरोना भाइरस संक्रमणका कारण थप १ सय ५३ जनाको ज्यान गएको छ। रसियाको कोरोना भाइरस केन्द्रले पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ। यो संख्या हालसम्म रेकर्ड भएको सबैभन्दा बढी दैनिकी मृत्यु संख्या हो। योसँगै रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४१ पुगेको […]

आर्थिक समाचार स्वास्थ्य

गड्डाचौकी नाकाबाट अलपत्र नेपालीको उद्धार गर्ने निर्णय

कञ्चनपुरको स्थानीय प्रशासनले आज बिहानदेखि यहाँको गड्डाचौकी नाकाबाट भारतीय बजारमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका अन्य नाका पूर्णरूपमा बन्द गरी गड्डाचौकीबाट स्वास्थ्य परीक्षण गरेर जिल्लामा आउन दिने निर्णय गरेको हो । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट भारतका विभिन्न शहरबाट करिब ७० हजार नागरिक […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

टोकियोमा आपतकाल हटाउने तयारी

जापानले कोरोना भाइरस (कोभिड–१९) का कारण टोकियोमा लगाइएको आपतकाल हटाउने तयारी गरेको छ । तर, अझै त्यहाँका चार राज्यमा यो आपतकाल जारी रहनेछ । सोमबार साँझ प्रधानमन्त्री सिन्जो आबेले टोकियोमा आपतकाल हटाउने घोषणा गर्न सक्ने बताइएको छ । सरकारका परामर्शदाताले दिएको सुझावपछि यस्तो कदम चाल्न लागिएको चर्चा छ । आपतकाल हटेसँगै टोकियोका पुस्तकालय र संग्रहालय […]