अन्तराष्ट्रिय मनोरंजन शान्ति समाचार

नेपाली महिलामाथि तुच्छ गाली गरिएको अनुष्का शर्माको सिरियलको भारतभित्रै व्यापक विरोध

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री बनेको वेबसिरिज पाताललोक अमेजन प्राइममा अत्यधिक हेरिएको छ । नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ । भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी गर्दा गरेका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निमात्री अनुष्का […]

शान्ति समाचार

गणतन्त्र दिवस : २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा

गणतन्त्र दिवसका अवसरमा २ सय ४१ जनाको कैद तथा सजाय मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको हो । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम कैदीहरुलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका […]

अन्तराष्ट्रिय शान्ति समाचार

आणविक क्षमता वृद्धि’bout छलफल गर्दै किम

अमेरिकासँगको निःशस्त्रीकरण वार्तामा ढिलाइ भइरहेका बेला उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक क्षमता वृद्धिका लागि नयाँ नीतिका विषयमा सैन्य अधिकारीसँग छलफल गरेका छन् । पछिल्लो तीन सातायता किम सार्वजनिक रुपमा यसरी देखिएको यो पहिलो अवसर हो । उनी अन्तिमपटक १ मेमा सार्वजनिक भएका थिए । पछिल्ला दुई महिनामा कोरोनाभाइरसको चिन्ताका कारण उनी निकै […]

शान्ति समाचार

महानगरीय प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्की मृत फेला परेका छन् । उनको शब नजिकै हतियार पनि फेला परेको छ । उनको मृत्यु हो कि आत्महत्या हो भन्ने ’boutमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।

अन्तराष्ट्रिय शान्ति समाचार

शव लिन श्री एयरको जहाज ट्युनिसिया उड्यो

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सको सिआरजे–बमबार्डियर जहाज अफ्रिकी मुलुक ट्युनिसिया उडेको छ। नेपाली सेनाका एक अधिकृतको शान्ति सेनामा सेवारत अवस्थामा हृदयघातबाट मृत्यु भएपछि उनको शव लिन सो एयरलाइन्सको जहाज आज त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ। एयरलाइन्सको ट्युनिसिया उडान एकतर्फी करिब १३ घण्टाको हुनेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान उडेको सो जहाज […]

शान्ति समाचार स्वास्थ्य

कोरोना सङ्क्रमित गाउँ नै सिल, २१ जनाको स्वाब सङ्कलन

जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिका–४ बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । बहुअर्वाकी एक १८ वर्षीया युवतीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । एक महिने बालकसहित युवतीको परिवारको […]

शान्ति समाचार स्वास्थ्य

सिन्धुपाल्चोकका ४ वडा र स्वास्थ्य चौकी सिल, बाह्रबिसे बजार पनि बन्द

कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक जना महिलाको मृत्यु भएपछि चार वटा गाउँ सिल गर्दै सेना परिचालन गरिएको छ । ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसेको स्वास्थ्य चौकी पनि सिल गरिएको छ । बाह्रबिसे नेगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले लकडाउनमा कडाइ गर्न बाह्रबिसे नगरपालिकाका वडा नम्बर ८ र ९ तथा बलेफी गाउँपालिकाका ७ र ८ नम्बर वडामा सेना […]

शान्ति समाचार

अपराधको सूचना दिनेलाई गोप्य राख्न प्रहरीले हटायो कलर आइडी

जिल्ला प्रहरी कार्यालय चितवनले अपराधको सूचना दिनेलाई गोप्य राख्न कार्यालयको एउटा टेलिफोन नम्बरको कलर आइडी हटाएको छ । कार्यालयले ०५६–५२०१५५ नम्बरको टेलिफोनको कलरआइडी नेपाल टेलिकममा पत्राचार गरी हटाएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्का अनुसार परिचय गोप्य राख्न चाहेर आपराधिक गतिविधिका सूचना दिनेलाई सहजहोस् भन्ने उद्देश्यले टेलिफोनको कलरआइडी हटाइएको हो । उनले भने, […]

शान्ति समाचार स्वास्थ्य

कोरोनाको ‘हटस्पट’ नेपालगञ्जमा २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन

पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनेको नेपालगञ्जमा मंगलबार २ हजार ५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दुई हजार ५ सय ५६ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता शिवबहादुर सिंहले सेतोपाटीलाई जानकारी दिए। डिएसपी सिंहले लकडाउन सुरू भएदेखि नै नेपाली सेना प्रयोग हुँदै आएको भए पनि मंगलबारदेखि […]

अन्तराष्ट्रिय शान्ति समाचार

बाराको दसगजा क्षेत्रमा झडप, दुवै देशका सुरक्षाकर्मीको पहलमा स्थिति नियन्त्रणमा

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको हो । यद्यपि, मंगलबार दिनभरको प्रयासपछि विवाद साम्य भएको छ । सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा […]