मौसम समाचार

चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै हिमाली भूभागमा हिमपातको समेत सम्भावना भएको जनाएको छ । चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले आज देशभर […]

मौसम समाचार

मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा कायम रहेको पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मध्याह्नपछि देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । […]

अन्तराष्ट्रिय मौसम समाचार

संसारका ३ अर्ब जनताका लागि खतराको घण्टी

एक नयाँ अनुसन्धानका अनुसार सन् २०७० सम्म तीन अर्बभन्दा बढी व्यक्ति यस्तो स्थानमा बसिरहेका हुनेछन् जहाँ तापक्रम ‘सहन नसकिने’ हुनेछ । जबसम्म ग्रीन हाउस ग्यासको उत्सर्जनमा कमी आउँदैन, ठूलो संख्यामा मानिसहरुले औसत तापक्रम २९ डिग्री सेल्सियसभन्दा बढी महसुस गर्नेछन् । पर्यावरणको यो स्थिती त्यो ‘कम्फर्ट जोन’ भन्दा बाहिरको स्थिती हुनेछ जहाँ मानिसहरु पछिल्लो ६ हजार […]

मौसम समाचार

नेपालमा चार किसिमका वायुको प्रभाव, आज पनि वर्षा

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ । पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ […]

मौसम समाचार

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश, बिहानैदखि पानी पर्न थाल्यो

आज बिहानैदेखि देशका मध्य भेगमा पानी पर्न थालेको छ। हिजो पश्चिमी भेगमा बढि पानी परेकोमा आज मध्य हँुदै पुर्वमा पानी पार्नेक्रम सर्दै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी र अरब सागरबाटसमेत […]

अन्तराष्ट्रिय बिज्ञान मौसम समाचार

कसरी आफैं टालियो ओजोनको प्वाल ?

वायुमण्डलको ओजन तहमा रहेको सबैभन्दा ठूलो प्वाल आफैं टालिएको छ । पृथ्वीको ध्रुवीय क्षेत्र माथिको आकाशमा रहेको ओजन तहको प्वाल बन्द भएको हो । मार्चको अन्त्यतिर कोपर्निकस एटमस्फेयर मनिटरिंग सर्भिसका वैज्ञानिकहरुले उत्तरी गोलार्ध माथिको वायुमण्डलको ओजन तहमा अहिलेसम्मकै ठूलो प्वाल देखेका थिए । ओजन तहको उक्त प्वालको आकार लगभग ग्रिनल्याण्डको क्षेत्रफल जत्रै थियो । तर […]

मौसम समाचार

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय : चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले […]

अन्तराष्ट्रिय मौसम समाचार

संसारको दोस्रो ठूलो आइसबर्ग फुट्यो, समुद्रको जलस्तर बढ्ने खतरा

संसारको दोस्रो सबभन्दा ठूलो आइसबर्ग अर्थात् हिमपहाड फुटेर समुद्रमा तैरिन थालेको छ । त्यसमा चिरा परेर बग्न थालेपछि समुद्रमा तैरिरहने जहाजहरूका लागि खतरा उत्पन्न भएको छ । अनि यसले समुद्रको जलस्तर बढाउने सम्भावना पनि छ । त्यसले गर्दा समुद्री तटमा रहेका शहरहरूमा सुनामी आउने खतरा बढेको छ । अप्रिल २३ मा युरोपेली अन्तरिक्ष नियोगको भूउपग्रह […]

मौसम राष्ट्रिय समाचार

अविरल वर्षाका कारण दुई दर्जन घर जोखिममा

तनहुँमा केही दिन यतादेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिकाका दुई वडाका करिब दुई दर्जन बढी घर जोखिममा परेका छन् । व्यास नगरपालिकाका वडा नं १ र ३ का घरमा क्षति पुर्‍याउँदा जोखिममा परेका हुन् । व्यास नगरपालिका–१ लिचीघारीस्थितका एक दर्जन घर पहिरोले क्षति पदम विश्कर्मा, मनोज धमेल, सूर्य मग्राती, उत्तम पुलामीलगायत घर जोखिममा परेका […]

मौसम समाचार

तीन दिनकाे माैसम : अझै धेरै पानी पर्ने सम्भावना

शुक्रबार (आज) शनिबार र आइतबार आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज […]