अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

प्रिमियर लिग जुन तेस्रो सातादेखि, पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ। कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। […]

अन्तराष्ट्रिय खेलकुद फूटबल

पुनः सुरु हुँदै च्याम्पियन्स लिग, युभेन्टस र लियोन बीचको खेल अगस्त ७ मा

लियोनका अध्यक्ष जिन माइकल आउलासले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टससँग आफ्नो टोलीको भिडन्त आगामी अगस्त ७ का लागि तय भएको बताएका छन् । कोरोनाभाइरसको महामारीका बीच सो खेल टुरिनभित्र खाली स्टेयिममा खेलाइने उनले जानकारी दिएका हुन् । फ्रेन्च पत्रिका आरटिएलसँग कुरा गर्दै आउलासले भने, ‘युभेन्टससँग हाम्रो खेल अगस्त ७ का लागि निश्चित भएको छ […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता क्लोस बने वायर्नका सहायक प्रशिक्षक

विश्वकप तथा जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोस जर्मन च्याम्पियन वायर्न म्युनिखका सहायक प्रशिक्षक नियुक्त भएका छन्। ४१ वर्षीय क्लोसले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्नेछन्। यसअघि उनी वायर्नका युवा टिमका प्रशिक्षक थिए। सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि उनले दुई वर्ष वायर्नको युवा टिम सम्हालेका थिए। उनले सन् २००७ देखि वायर्नमा चार सिजन बिताएका थिए। त्यसक्रममा […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

प्रिमियर लिग बन्द रंगशालामा खेलाउने तयारी : क्लबहरुलाई घाटा

कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण इंग्लिस प्रिमियर लिग बन्द रंगशालामा खेलाइने तयारी भएको छ । त्यसका लागि १० वटा तटस्थ रंगशाला छनोट गरिएको छ । प्रिमियर लिग बन्द रंगशालामा हुँदा सबै भन्दा धेरै घाटा म्यानचेस्टर युनाइटेडलाई हुने भएको छ । उसले एक खेलमा एक सय ११ मिलियन पाउण्ड घाटा ब्यहोर्ने छ । जसमा कुल ६२७ […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

इंग्लिस प्रिमियर लिग : दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प

इंग्लिस प्रिमियर लिगको यो सिजन सम्पन्न गर्नका लागि दर्शकविना तटस्थ मैदानमा खेलाउनु अन्तिम विकल्प रहेको निस्कर्ष क्लबहरुको बैठकले निकालेको छ । शुक्रबार राति भएको २० वटा क्लब र सरकारी पदाधिकारी बीचको भिडियो कन्फ्रेन्समा बढिमा १० वटा रंगशाला प्रयोग गरेर यो सिजनको लिग सम्पन्न गर्न सकिने निस्कर्ष निकालिएको हो । त्यसका लागि खेलाडी र स्टाफलाई ४० […]

खेलकुद फूटबल राष्ट्रिय समाचार

फिफा फुटसलको नयाँ वरीयता : नेपाल १ सय ६३ औं स्थानमा

फिफाले सार्वजनिक गरेको फुटसलको नयाँ वरीयतामा नेपाल एक सय ६३ औं स्थानमा रहेको छ । फुटसलमा एशियाली प्रतियोगिता खेलेको नेपालको अन्तराष्ट्रिय प्रदर्शन पनि राम्रो रहेको छैन । यस्तैमा नेपालको बरियता एक सय ६३ औं स्थान रहेको हो । सन् २०१७ बाट औपचारिक रुपमा फुटसल प्रतियोगिता खेल्न सुरु गरेको नेपालले इरानमा भएको एएफसी फुटसल च्याम्पियनशिप खेलेको […]

खेलकुद फूटबल समाचार

महिला युराे कप अब सन् २०२२ काे जुलाईमा

महिला युरो कप एक वर्षपछि सरेको छ । युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो । युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ […]

अन्तराष्ट्रिय क्रिकेट खेलकुद फूटबल समाचार

टोकियो ओलम्पिक २०२१ मा हुने, तर नाम परिवर्तन नहुने

१५ चैत, काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला ओलम्पिक गेम्सको २९ औं संस्करण यसै वर्ष जापानमा हुने तय थियो । आगामी जुलाई अगष्टका लागि तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को कारण टोकियो ओलम्पिक स्थगित भएको हो । नयाँ मिति नतोकिए पनि […]