अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना संक्रमितको संख्यामा ब्राजिलमा एकैदिन देखियो कीर्तिमानी वृद्धि

कोरोना भाइरसको इपिसेन्टर बनिरहेको ब्राजिलमा एकैदिन कीर्तिमानी संख्यामा नयाँ संक्रमितहरू फेला परेका छन्। रोयटर्समा प्रकाशित समाचारका अनुसार त्यहाँ एकैदिन २६ हजार ४ सय १७ जनामा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको हो। संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको छ। ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार […]

अन्तराष्ट्रिय खेलकुद फूटबल समाचार

प्रिमियर लिग जुन तेस्रो सातादेखि, पहिलो दिन म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा

इंग्लिस प्रिमियर लिग आगामी जुन १७ देखि सुचारू हुने भएको छ। कोरोना भाइरसपछि फर्कन लागेको लिगको पहिलो दिन एस्टन भिल्ला र सेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुनेछ। यद्यपी यो निर्णय ब्रिटेन सरकारले अनुमोदन गर्न बाँकी छ। पूरा राउन्डको खेलहरु १९ देखि २१ जुन विकेन्डमा हुनेछ। लिगमा अझै ९२ खेल खेल्न बाँकी छ। […]

अन्तराष्ट्रिय मनोरंजन शान्ति समाचार

नेपाली महिलामाथि तुच्छ गाली गरिएको अनुष्का शर्माको सिरियलको भारतभित्रै व्यापक विरोध

बलिउड नायिका अनुष्का शर्मा निर्मात्री बनेको वेबसिरिज पाताललोक अमेजन प्राइममा अत्यधिक हेरिएको छ । नेपाली महिलामाथि तुच्छ गालीसमेत समेटिएको यो सिरियलको अब भारतभित्रै पनि व्यापक विरोध सुरु भएको छ । भारतीय जनता पार्टीका नेता नन्दकिशोर गुर्जरले यो सिरियलविरुद्ध ऊजुरी गर्दा गरेका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहलीसँग आफ्नी श्रीमती र पाताललोककी निमात्री अनुष्का […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना महामारी – भारतमा संक्रमित संख्या चीनभन्दा दोब्बर

चीनको ऊहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिले भारतमा तीब्र छ । यता, चीनमा भने महामारी धेरै हदसम्म नियन्त्रण आइसकेको छ । वल्र्डोमिटर्सको पछिल्लो तथ्यअनुसार भारतमा कूल १ लाख ६५ हजार ३ सय ८६ मा कोरोना देखिएको छ । यो चीनभन्दा झन्डै दोब्बर हो । चीनमा कुल ८२ हजार ९ सय ९५ जनामा संक्रमण देखिएको […]

अन्तराष्ट्रिय समाचार हिंसा

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा सडक प्रदर्शन जारी

हतियारविहीन एक अश्वेत युवकको मृत्युपछि अमेरिकामा आक्रोश चर्किएको छ । बिहीबार राति अमेरिकाका धेरै शहरमा विरोध प्रदर्शनका क्रममा तोडफोड भयो । जर्ज फ्लोइड नामका यी अश्वेत व्यक्तिको सोमबार मृत्यु भएको थियो,उनी प्रहरी नियन्त्रणमा थिए । मिन्नेसोता, मिन्नियपोलिस सडकमा भुइँमा लडेका यी व्यक्तिको घाँटीमा एक स्वेत प्रहरी अधिकारीले केही मिनेटसम्म आफ्नो घुँडाले थिचेको भिडियो अहिले भाइरल […]

अन्तराष्ट्रिय समाचार हिंसा

बाल यौन दुर्व्यवहारको मुद्धामा फिलिपिन्सले एक अमेरिकीलाई दियो जन्मकैदको सजाय

जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन।जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन। फिलिपिन्सको एक अदालतले बुधबार एक अमेरिकीलाई बाल यौन दुर्व्यवहारको आरोपमा जन्मकैदको जेल सजाय सुनाएको छ। डेभिड तिमोथी डकिन नामका ती अमेरिकी नागरिकलाई वेभ क्यामराको प्रयोग गरी विदेशी ग्राहकहरुलाई बालबालिकाको भिडियो, फोटो र लाइभ स्ट्रिम बेचबिखनको आरोप लागेको थियो। राष्ट्रिय अनुसन्धान […]

अन्तराष्ट्रिय समाचार हिंसा

थाइल्यान्डमा बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाको मृत्यु

थाइल्यान्डको सरकारी रेडियो एनबीटीको स्टेसनमा एक बन्दूकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु भएको छ । बन्दूकधारी त्यही स्टेसनका असन्तुष्ट कर्मचारी भएको बताइएको छ । बुधवार बिहान फितसानुलोक शहरमा रहेको रेडियो स्टेसनमा घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार, स्टेसन निर्देशक र दुई वरिष्ठ इन्जिनीयरहरूको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । […]

अन्तराष्ट्रिय मनोरंजन समाचार

२५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् । उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् । २५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो […]

अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरसः रसियामा हालसम्मकै उच्च मृत्युदर कायम

रसियामा आइतबार कोरोना भाइरस संक्रमणका कारण थप १ सय ५३ जनाको ज्यान गएको छ। रसियाको कोरोना भाइरस केन्द्रले पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ। यो संख्या हालसम्म रेकर्ड भएको सबैभन्दा बढी दैनिकी मृत्यु संख्या हो। योसँगै रसियामा संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५ सय ४१ पुगेको […]

अन्तराष्ट्रिय आर्थिक समाचार

ताइवानले हङकङका जनतालाई ‘आवश्यक सहयोग’ गर्ने

ताइवानले हङकङका जनतालाई आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ। बेइजिङबाट प्रस्तावित नयाँ राष्ट्रिय सुरक्षा कानुनको विरुद्ध चिनियाँ सरकारको विरोधमा उत्रिएका हङकङका जनतालाई ताइवानकी राष्ट्रपति साई इङवेनले सोमबार उक्त वाचा गरेकी हुन्। आइतबार शहरहरुमा राष्ट्रिय सुरक्षा कानुन लगाउने बेइजिङको योजनाको विरोधमा हङकङका नागरिकले जारी कोरोना महामारीको खतराबिच प्रदर्शन गरेका थिए। प्रदर्शकारीमाथि प्रहरीले भने अश्रु ग्यास र […]