काठमाण्डाैका केही ठाउँमा मङ्गलबार केही घण्टा बत्ती जाने भएकाे छ ।
महाराजगञ्ज वितरण केन्द्रकाे गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चाेककाे जीर्ण ११ मी. एच. टी लाइनकाे पाेल परिवर्तन गर्नुपर्ने भएकाेले मङ्गलबार बत्ती जाने भएकाे हाे ।
दिउँसाे १२ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ । जस अनुसार घुम्ती, धापासी, च्यासिन्टाेल, हात्तीगाैडा, बालुवाडीपाे, हेपालीलगायतका क्षेत्रहरुमा बत्ती जाने भएकाे हाे ।
ADVERTISEMENT
ताेकिएकाे समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएकाे छ ।
श्रोत: उज्यालो अनलाइन