राष्ट्रिय समाचार हिंसा

५० रुपैयाँ दिएर किशोरी बलात्कार, घटना मिलाउन १० लाख

कञ्चनपुरमा १५ वर्षकी किशोरी बलात्कारको आरोपमा ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

किशोरीलाई ५० रुपैयाँ दिई बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ ।

पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटना’bout अनुसन्धान भरहेको बताए । `५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ´ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।´

वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ