अन्तराष्ट्रिय आर्थिक समाचार

२ सय ७८ यात्रु बोकेर नेपाल वायुसेवाको जहाज आज अष्ट्रेलिया उड्दै

नेपाल वायु सेवा निगमको चार्टड विमान आज अष्ट्रेलिया प्रस्थान गर्दैछ। निगमको एयरबस ३३० विमानमार्फत २ सय ६४ जना अष्ट्रेलियन नागरिक तथा १४ जना बालबालिका जाने नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

आज दिउँसो साढे १ बजे काडमाडांैबाट प्रस्थान गर्ने विमान मलेसियाको क्वालाम्पुर हुँदै सिड्नि प्रस्थान गर्ने उनले जानकारी दिए। अस्ट्रेलियन दूतावासको पहलमा विमानले अष्ट्रेलियन नागरिकलाई सिड्नी पुर्‍याउन लागेको हो।

उक्त विमान भोलि साँझ साढे ७ बजे नेपाल आइपुग्ने प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए। सिड्नी उडानका लागि टिकट बिक्रीको काम निगम आफैंले गरेको जनाएको छ। यस्तै आज निगमको अर्को वाइडबडी जहाजले काठमाडौं बेइजिङ कार्गो उडान गर्ने उनले जानकारी दिए।

मेडिकल उपकरण ल्याउनका लागि वाइडबडी जहाजमार्फत काठमाडौं बेइजिङ उडान हुन लागेको क्षत्रीले बताए। चीनको बेइजिङमा कार्गो उडान गरे लगत्तै निगमले ग्वान्झाउ र नारितामा कार्गो उडान गर्ने योजना बनाएको जनाएको छ।

यस अघि रद्द भएको कोरियाको उडान हप्ता दिनपछि गर्ने योजना रहेको निगमले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ