समाचार हिंसा

सेनाका कर्णेल सवार कारसँगको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो ।

कलङ्कीबाट कालीमाटीतर्फ आइरहेको नेपाली सेनाका लेफ्टिनेन्ट कर्नेल शेखर जबरा सवार बा २१ च ४३४७ नम्बरको कारमा बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोरङ बेलबारीका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको छ ।

कालीमाटीबाट तीब्र गतिमा कलंकीतर्फ गएको मोटरसाइकल चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई कारसँग ठोक्किन पुगेको प्रहरीको भनाइ छ । ती प्रहरीले भने, ‘मोटरसाइकलको गति अत्यन्तै तीब्र रहेको देखिन्छ ।

रविभवनमा गल्लीबाट एउटा मोटरसाइकल निस्किएपछि त्यो मोटरसाइकललाई छलेर अगाडि बढ्दा करिब एकसय मिटर माथि पुगेर लेन क्रस गरी कलंकीतर्फबाट आएको कारलाई ठक्कर दिएको देखिन्छ । घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको छ । घटना’bout बाँकी अनुसन्धान हुँदैछ ।’

टंकेश्वर बस्ने मोटरसाइकल चालकले कुखुराको मासु विक्री वितरणको काम गर्ने गरेको र कतै मासु पुर्याउन हिँडेको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटना भएको कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ