राजनीती शिक्षा समाचार

सीमा अतिक्रमण विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

भारतीले नेपाली भूमि मिचेर सडक बनाएकाे विराेधमा धरानमा प्रदर्शनमा उत्रिएका नेविसंघ समर्थित विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धरानको महेन्द्र बुहमुखी क्याम्पसबाट नेविसंघको जुलुस निस्किएको थियो। प्रहरीले क्याम्पसबाटै निस्किन नदिने तयारी गरे पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचाेकसम्म आएका थिए। भानुचाेक आएपछि भने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेहरुमा दोर्ची शेर्पा, टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बू, अजय लिम्बू, कृष्ण बडू र उत्तम राईलगायत रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ