राष्ट्रिय समाचार

सामाजिक सुरक्षा भत्ताको लाइनमै वृद्धको मृत्यु

सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका धादिङका एक वृद्धको मृत्यु भएको छ ।

गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस् भएर ढलेका थिए ।

दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ