राष्ट्रिय समाचार

शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्षमा

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुगेका छन्।

वि.सं. १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका जोशी आज १ सय १ वर्षमा प्रवेश गरेका हुन्। जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन्।

जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्। लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि उनको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका छन्।

गत वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिई विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाइएको थियो।

जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै अझैपनि केही असल काम गरेर जीवन बिताउन पाउँ भन्दै प्रार्थना गरेको बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ