समाचार

वीपीमा कोरोना परीक्षण ल्याब सञ्चालन

धरान, चैत १६, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण सरकारले लकडाउन घोषणा गरेकोले मजदुरी गर्नबाट वञ्चित भएका हरूलाई १० केजी चामल्,२ केजी दाल्,१ केजी नुन्,१ लि तेल्,१ थान साबुन हस्तान्तरण गर्दै नमस्ते धरान का अध्यक्ष दिपेन्द्र थपलिया र सो राहत सामग्री वडा अध्यक्ष रोशन अधिकारी मार्फत मजदुरी गर्नबाट वञ्चित भएका हरूलाई आजै लगत संकलन गरेर हस्तान्तरण ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परीक्षण गर्न ल्याब स्थापना भएको छ । संघीय सरकार र प्रदेश सरकारको सहयोगमा आजदेखि कोरोना परीक्षणको ल्याब सञ्चालनमा आएको हो ।

ल्याब स्थापना भएपछि प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेले आज ल्याबसहित प्रतिष्ठानको कोरोना उपचारस्थलहरुको पनि निरीक्षण गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ