अन्तराष्ट्रिय आर्थिक समाचार

विश्वव्यापी चिप आपूर्तिकर्ताबाट हुवावेलाई छुटाउन अमेरिकाले ल्यायो नयाँ नियम, चीन बदला लिने तयारीमा

ट्रम्प प्रशासनले शुक्रबार चिनियाँ टेलिकम कम्पनी हुवावेलाई चिप आपूर्ति रोक्ने नियम ल्याएको छ। यसले चिनियाँ प्रतिरोध र अमेरिकी चिप निर्माता कम्पनीहरूको सेयरलाई गिराउने डर पैदा गराएको छ।

अमेरिकाको वाणिज्य विभागले जारी गरेको नयाँ नियमले अमेरिकी प्रविधिमा अमेरिका बाहिर निर्माण भएका सेमिकन्डक्टरहरू हुवावेलाई बिक्री गर्नुपूर्व लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ। यस व्यवस्थाले विश्वको दोश्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीको विश्व बजारमा फैलिदों व्यापारलाई रोक्ने अनुमान गरिएको छ।

‘यो कदमले अमेरिका, अमेरिकी कम्पनी र अमेरिकी राष्ट्रिय सुरक्षा पहिलो प्राथमिक्तामा’ भन्ने अमेरिकी नारालाई प्रोत्साहित गर्ने अमेरिकी वाणिज्य विभागका अधिकारीले शुक्रबार संवाददाताहरूलाई टेलिफोन व्रिफिङमा बताए।

पछिल्लो अमेरिकी कदमका ’boutमा चिनियाँ टेलिकम उपकरण निर्माता कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन।

हुवावे विरुद्धको यो समाचारको असर युरोपियन सेयर बजारमा देखिएको छ। खबरपछि लाम रिसर्च र केएलए कर्पोरेसन लगायतका चिप निर्माता कम्पनीहरूको सेयर कारोबार अमेरिकामा क्रमशः ६.४ र ४.८ प्रतिशतले झरेर बन्द भएको थियो।

अमेरिकाको यस कदममा चीनले तुरुन्तै प्रतिक्रिया जनाएको चीनको ग्लोबल टाइम्समा शुक्रबार प्रकाशित समाचारमा उल्लेख छ। सो समाचारमा चीन अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय सूचिमा’ राख्दै अमेरिकी कदमको प्रतिवाद गर्न पहिले नै तयारी अवस्थामा भएको लेखेको छ।

यसका लागि चीनले एप्पल, सिस्को तथा क्वालकम जस्ता अमेरिकी कम्पनीहरूमाथि जाँच गर्ने तथा प्रतिबन्ध लगाउनेसम्मका उपायहरू अबलम्बन गर्नसक्नेछ। योसँगै चीनले अमेरिकी विमान वोइङ खरिदमासमेत प्रतिवन्ध लगाउने सो मिडिया रिपोर्टमा उल्लेख छ।

अमेरिकी वाणिज्य विभागले शुक्रबारबाट लागु गरेको नियममा १ सय २० दिनको समयावधि तोकेको छ।

नयाँ नियमले ताइवानको सेमिकन्डक्टर निर्माता कम्पनी (टिएसएमसी)लाई समेत असर पुर्‍याउने छ। सो ताइवानी कम्पनीको सबैभन्दा ठूलो चिप खरिदकर्ता कम्पनी हुवावे हो। यस कम्पनीले बिहीबारमात्रै अमेरिकी कम्पनीको प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो।

कम्पनीले शुक्रबारबाट लागू भएको नयाँ अमेरिकी नियमलाई नजिकबाट हेरिरहेको र सोमाथि ‘कानुनी विश्लेषण संचालन र विस्तृत समीक्षाको साथमा ती नियमहरूको व्याख्या गर्न’ सल्लाह लिने जनाएको छ।

अमेरिकी वाणिज्य विभागको यो नयाँ नियमको अर्थ अबदेखि अमेरिकी आपूर्तिकर्ताहरूले आफ्नो प्रविधि हुवावेलाई बेच्नुअघि अमेरिकी सरकारको अनुमति लिनुपर्नेछ। अमेरिकाले हुवावेलाई कालो सूचिमा राखेको छ।

‘त्यहाँ धेरै ठूलो प्राविधिक क्षिद्र थियो जसबाट हुवावेले जटिल अमेरिकी प्रविधिलाई प्रयोग गरिरहेको छ’, वाणिज्य सचिवले शुक्रबार भने। उनले यो नियम त्यसप्रकारका क्षिद्रहरूलाई बन्द गर्नका लागि ल्याइएको बताए।

गतवर्ष अमेरिकाले हुवावेलाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै कालो सूचिमा राखेको थियो। त्योसँगै अमेरिकाले हुवावेले इरानमाथिको अमेरिकी प्रतिबन्धको बर्खिलाप गरेको र ग्राहकको जासुसी गर्नसक्ने आरोपसमेत लगाएको थियो।

हुवावेले भने यी सबै आरोपहरूलाई अस्वीकार गर्दै आएको छ।

पूर्व अमेरिकी वाणिज्य विभागका अधिकारीसमेत रहेका वकिल केभिन उल्फले नयाँ नियम हुवावेलाई अमेरिकी प्रविधिमा विदेशमा निर्माण भएका चिपको आपूर्तिमाथि नियन्त्रण गर्ने अमेरिकी निर्यातको नविन र जटिल विस्तार भएको बताउँछन्।

यसैगरी अमेरिकी प्रविधिमा निर्माण भएका चिपहरू हुवावेबाहेकका कम्पनीलाई भने बिना लाइसेन्स नै बेच्न सकिनेमा उनको जोड छ।

‘यो भनेको अनिवार्य लाइसेन्स हुनुपर्छ भनेको हो। यसको अर्थ ती कुराहरूलाई अस्वीकार गरिएको हो भन्ने होइन’, अमेरिकी अधिकारीले भने। उनका अनुसार यस नियमले अमेरिकी सरकारलाई सामान आपूर्तिको जानकारीमा थप पहुँच दिनेछ।

‘ती व्यवस्थाले के गर्छन्, त्यो हेर्नुपर्छ। सबै व्यवस्थालाई त्यसका गुणदोषका आधारमा मूल्याकंन गरिनेछ’, ती अधिकारीले थपे।

आधारभूत रुपमा हुवावेलाई अमेरिकी आपूर्तिकर्ताबाट सामान किन्न रोकेपनि वाणिज्य विभागले हुवावेका केही ठूला अमेरिकी साझेदारहरूलाई भने उसलाई सामान बेच्नसक्ने लाइसेन्स दिएको छ। यसैगरी साना ग्रामिण टेलिकम कम्पनीहरूलाई पनि हुवावेबाट सामान किन्ने अनुमति दिइएको छ।

अमेरिका र चीनबिचमा बितेका केही महिनाहरूमा देखिएको टकरावले हुवावे दुई देशको विश्वव्यापी प्राविधिक राजनीतिको चेपुवामा पर्दै आएको छ। पछिल्लो समय कोरोना भाइरससम्बन्धी जानकारीलाई लिएर पनि दुबै देशबिच अमिलोपना बढेको छ।

स्मार्ट फोन निर्माणका लागि चाहिने सेमिकन्डक्टरका लागि हिवावे अमेरिकी कम्पनीहरूमा निर्भर छ र अमेरिकी प्रतिबन्धले उसको फैलिदों विश्वव्यापी बजार विस्तारलाई अवरोध गरिरहेको छ।

नयाँ परिवर्तित नियम हुवावे र ऊ निर्भर कम्पनीलाई कस्न ल्याइएको भएपनि यसले चिप निर्माता अमेरिकी कम्पनीलाई पनि दीर्घकालसम्ममा असर पार्ने देखिन्छ।

तर, हालको समयमा अधिकाशं चिप निर्माता कम्पनीहरू केएलए, लाम रिसर्च एण्ड एप्लाइड मेटेरियल जस्ता अमेरिकी कम्पनीले बनाएका सामानमा भर भर्दै आएका छन्। उनीहरूले यस’boutमा कुनै टिप्पणी दिन अस्वीकार गरेका छन्।

यसैगरी चिप बनाउन चाहिने केही साधन अमेरिकाबाहिरका टोक्यो इलेक्ट्रोन, हिटाची तथा नेदरल्याण्डको एएसएमएल जस्ता कम्पनीबाट आउनेगर्छन र विश्लेषकहरूले केही अमेरिकी साधनबिना परिस्कृत पूर्ण साधनप्रणाली बनाउनु कठिन हुनेछ।

यो नियमले सेमिकन्डक्टर खरिद नगर्ने र क्बालकम वा एनभिडियाबाट उपकरण खरिद गर्ने टिएसएमसी जस्ता कम्पनीलाई असर गर्नेछ।

‘हामी यसले विश्वव्यापी सेमिकन्डक्टरको वितरणप्रणालीमा अनिश्चितता र अवरोध ल्याउँछ कि भन्ने ’boutमा केन्द्रित छौं तर यसले अमेरिकी सेमिकन्डक्टर उद्योगलाई हामीले यसअघि ठानेकोभन्दा कम असर गर्ने देखिन्छ’, सेमिकन्डक्टर उद्योग एसोसिएसनका प्रमुख कार्यकारी जोन नुफरले एक विज्ञप्तिमा भने।

यसैगरी अमेरिकी विदेशमन्त्री माइक पोम्पेले यो कदम फाइभजी नेटवर्क जोगाउनेमा केन्द्रित रहेको बताए। उनले यो नियमले हुवावेको अमेरिकी निर्यात नियन्त्रण कम गर्नसक्ने अवस्थालाई रोक्नमा सहयोग पुर्‍याउने पनि बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ