समाचार स्वास्थ्य

विश्वमा ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण, ब्राजिल धेरै सङ्क्रमित हुने देशहरुको दोस्रो स्थानमा

विश्वमा ५३ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ५३ लाख ३ हजार ३ सय ९३ जनालाई सङ्क्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमतिमध्ये अहिलेसम्म साढे २१ लाखभन्दा धेरै उपचार पछि निको भएका छन् भने ३ लाख ३९ हजार ९ सय ९२ जनाको ज्यान गएको छ ।

अमेरिकामा सबैभन्दा धेरै १६ लाख ४५ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने त्यहाँ ९७ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै ब्राजिलमा कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ ।

ब्राजिल धेरै सङ्क्रमित हुने देशको दोस्रो स्थानमा पुगेको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ३२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने २१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ