आर्थिक समाचार

विश्वको शेयर बजार सन १९८७ यता कै नाजुक अवस्थामा

जुगल टाइम्स, २० चैत । विश्वभरको शेयर बजार कोरोना भाइरसको कारण इतिहासकै खराब अवस्थामा पुगेको छ। नयाँ बर्षको तिन महिना को कारोबार तथ्यांक हेर्दा यस्तो अवस्था देखिएको हो ।

कोरोना को कारण शेयर बजार प्रभावित नभएको कुनै देश छैन । कोरोना भाइरस संक्रमण हुन नदिन अधिकारीहरुले व्यापारिक गतिविधिमा रोक लगाएपछि यस्तो अवस्था सिर्जना भएको हो ।

यसैगरी चीनको आर्थिक वृद्धिदर मा २ प्रतिशत र बेलायतको वृद्धिदरमा ४.५ प्रतिशत ले कमी हुने विशेषज्ञहरूले अनुमान लगायतका छन् । त्यसैगरी इटाली र अन्य विकसित मुलुकहरूमा अर्थतन्त्र तनावग्रस्त नै हुने अनुमान पनि गरिएको छ ।

अमेरिकाको केन्द्रीय बैँकले बेरोजगार हरुको दर ३२ प्रतिशत पुगेको जनाएको छ । तेलको माग र आपुरति मा कमी आएको कारण मुल्य प्रतिस्प्रधा ले फाइनान्सियल मार्केटमा समस्या बढेको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ