समाचार हिंसा

विद्यालयभित्र डोजर चालक मृत भेटिए

धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष बस्नेतले बताए ।

‘बिहान हामिलाई खबर आएको हो,’ उनले भने, ‘उनी सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।’

विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । घटना’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ