राष्ट्रिय समाचार

वडा सदस्यको मृत्युको शोकमा भरतपुर महानगरपालिकामा विदा

चितवनको भरतपुर महानगरपालिका- ४ का वडा सदस्य प्रेम पाठकको मृत्यु भएको शोकमा महानगरपालिकाले मंगलबार विदा दिइएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महानगरपालिकाका जनप्रतिनिधि पाठकको मृत्युमा शोक व्यक्त गर्दै एक दिन विदा दिइएको बताए ।

महानगरपालिकाका २९ वटै वडा कार्यालय तथा अन्य शाखा महाशाखा सबै बन्द हुनेछन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. ४ का जनप्रतिनिधि पाठकको उपचारको क्रममा सोमवार चितवन मेडिकल कलेजमा मृत्यु भएङ्को थियो ।

उनी जण्डिसका बिरामी थिए । पाठकको सोमवार नै अन्त्येष्टि गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ