राजनीती समाचार

लिम्पयाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारलिे लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने घोषणा गरेकी छिन् । आज प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त सदनमा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेकी हुन् । उनले उक्त भुभागहरु नेपालको नै भएको घोषणा पनि गरेकी छिन् । 
हाल भारतसँग जोडिएको सिमा बिषयमा देखिएको विवादलाई लक्षित गर्दै उनले यस्तो बताएकी हुन् ।  अब ऐतिहास, सन्धी, नक्सा लगायतका आधारमा उक्त विवाद समाधान गर्ने उनको भनाइ छ । कुटनीतिक आधारमा ठोस पहल गरेर यो समस्या समाधान गरिने उनको भनाइ छ । 
साथै, उनले सिमा सुरक्षा गर्ने बिषयमा सरकार प्रतिबद्ध रहेको पनि बताइन 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ