समाचार स्वास्थ्य

लकडाउन’bout निर्णय गर्न आज मन्त्रिपरिषद् वैठक बस्दै

जारी लकडाउन’bout निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् वैठक बोलाएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने वैठकले लकडाउन’bout थप निर्णय लिने बताइएको छ।

अहिले जारी लकडाउन सोमबारदेखि सकिदैंछ।

कोरोना भाइरसको संक्रमण बढेकाले लकडाउन थप्ने सरकारको तयारी छ।

यसअघि उच्च स्तरीय समन्वय समितिको वैठकमा लकडाउनको मोडालिटि’bout छलफल भएपनि लकडाउन थप्नुको विकल्प नरहेको एक मन्त्रीले बताए।

मन्त्रिपरिषद् वैठक बस्नुभन्दा पहिला साढे २ बजे उच्चस्तरीय समन्वय समितिको वैठक बोलाइएको छ।

समितिको सुझावका आधारमा मन्त्रिपरिषदले अन्तिम निर्णय गर्नेछ।

साढे २ बजे समन्वय समितिको बैठका सिंहदरबारमा र बालुवाटारमा ५ बजे मन्त्रिपरिषद् वैठक बस्न समय तय भएको उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले सेतोपाटीलाई बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ