राष्ट्रिय समाचार

लकडाउनको ५४ औ दिन, सुनसान काठमाडौं

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५४ दिन पुगेको छ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ। लकडाउनका कारण जनजीवन प्रभावित भएको छ। लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले सवारीसाधन सञ्चालनका लागि केही सहज बनाएको थियो। तर, पछिल्लो समय संक्रमितको संख्या बढेपछि लकडाउनलाई थप कडाइ गरिएको कारण काठमाडौं उपत्यका सुनसान बनेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै गल्लीमा समेत हिँडडुलमा रोक लगाएको छ। उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाइ पारेको छ। प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ