आर्थिक समाचार स्वास्थ्य

लकडाउनको अवधिमा औषधिको आयात उच्च

विश्वव्यापी रूपमा कारोना संक्रमण फैलिएपछि देश लकडाउनमा छ।

यस अवधिमा छिमेकी मुलुक भारतबाट अरबौं मूल्यको औषधि आयात भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी तयारी औषधि तथा कच्चा पदार्थ आयात भएको छ। त्यसपछि खाद्यान्न आयात भएको छ।

लकडाउन सुरू भएपछिको ४२ दिन अर्थात छैटौं हप्तासम्ममा १ लाख ३० हजार ४ सय ६२ मेट्रिक टन खाद्यान्न, ३६ हजार ९ सय ९६ मेट्रिक टन दलहन, ५३ हजार ५ सय ७० मेट्रिक टन तरकारी, १७ हजार ९ सय १० मेट्रिक टन फलफूल, ११ हजार ५९ मेट्रिक टन दूग्ध पदार्थ आयात भएको छ।

रकमका आधारमा औषधिको आयात सबैभन्दा उच्च छ। ३४ करोड ८८ लाख ४६ हजार मूल्य बराबरको औषधिको कच्चा पदार्थ र १ अर्ब ७९ करोड ३४ लाख ८२ हजार मूल्यबराबरको तयारी औषधि आयात भएको तथ्यांकले देखाएको छ।

कोरोना भाइरसको संक्रमण देखिएपश्चात् बन्द रहेको तातोपानी नाकाबाट गत चैत २६ देखि औषधि र औषधिजन्य पदार्थ मात्र आइरहेकोमा वैशाख १८ देखि स्याउ र प्याज समेत आउन थालेको छ। तातोपानीबाट आएको स्याउ र प्याजको परिमाण भने यस तथ्याङ्कमा नजोडिएको मन्त्रालयले बताएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ