राष्ट्रिय समाचार स्वास्थ्य

रुपन्देहीको क्वारेन्टाइनमा योग प्रशिक्षण

रुपन्देही कोटहीमाई गाउँपालिकाद्वारा निर्माण गरिएको क्वारेन्टाइनमा रहेकाहरुलाई योग प्रशिक्षण दिइएको छ । कोटहीमाई–५ मझगांवास्थित श्री मर्चवार आदर्श माविमा निर्माण गरिएको क्वारेन्टाइनमा प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयको आयोजनामा करिब ३० जनालाई योग प्रशिक्षण दिइएको हो ।

मन्त्रालयका योग प्रशिक्षक विष्णुहरि आचार्यले योगले आत्मबल बढने, शरीरमा रोग प्रतिरोधक क्षमता बढने, तनाव कम हुने, विचार शुद्ध हुने भन्दै क्वारेन्टाइनमा रहकोहरुलाई योग प्रशिक्षण गराएका थिए । त्यस्तै लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज गणेश सापकोटाले क्वारेन्टाइनमा रहेकाहरुलाई प्रत्येक बिहान क्वाफ पिउन गुर्जो, जेष्ठ नागरिकहरुको लागि अर्सुगन्धा, प्रसुति स्त्रीको लागि सतावरी चुर्ण लगायतका आयुर्वेदिक औषधीहरु गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवलाई प्रदान गरेका छन् ।

त्यस्तै, कोटहीमाई गाउँपालिका आयुर्वेद शाखा प्रमुख रविन्द्रप्रसाद मिश्रले अहिलेको आहारविहार तथा पहिलेको आहार विहारमा धेरै बदलाव आएकोले मानिसहरुमा रोग प्रतिरोधक क्षमता धेरै न्यून हुँदै गरेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ