आर्थिक राष्ट्रिय समाचार

राष्ट्रपतिद्वारा संसदको बजेट अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।

दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदको अधिवेशन सुरु हुनेछ।

यसअघि आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

सामाजिक दुरी कायम राख्दै अधिवेशन गर्ने व्यवस्था मिलाइएको छ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्नेछ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ