राष्ट्रिय शान्ति समाचार

रथी शर्माले पाए दर्ज्यानी चिन्ह

रथी दर्जामा पदोन्नति भएका उपरथी प्रभुराम शर्मालाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापती महारथी पूर्णचन्द्र थापा।रथी दर्जामा पदोन्नति भएका उपरथी प्रभुराम शर्मालाई रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापती महारथी पूर्णचन्द्र थापा।

प्रधानसेनापति पूर्णचन्द्र थापाले रथीमा पदोन्नति भएका प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति थापाले शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

शर्मालाई वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गरेको थियो।

रथीमा पदोन्नति भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ। शर्मा प्रधानसेनापतिको प्रमुख दावेदार हुन्।

बलाधिकृत रथी शरद गिरीले असार पहिलो साता अवकास पाएपछि शर्मा बलाधिकृत रथी बन्नेछन्। शर्माको कार्यकाल २०७८ पुस सम्म रहनेछ।

अहिलेको प्रावधान अनुसार २०७८ भदौमा बर्तमान प्रधानसेनापति थापाले अवकाश पाउनेभएकाले शर्मा प्रधानसेनापति बन्न सक्छन्।

यसैबीच सहायक रथीबाट उपरथीमा बढुवा भएका कुमार अधिकारी र संजय थापाले प्रधानसेनापति थापाबाट दर्ज्यानी चिन्ह पाएका छन्।

उपरथी अधिकारीलाई उपत्यका पृतनाको पृतनापति र अर्का उपरथी थापालाई मध्य पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ