समाचार हिंसा

माइतबाट घर फर्किँदै गरेकी महिलाको भीरबाट लडेर मृत्यु

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका ९ की ३० वर्षीया कलावती धामी रहेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

सिगास ९ कै लिपुणखोला भीरबाट लडेर कलावतीको मृत्यु भएको हो।

सोमवार बेलुका साढे ७ बजेतिर माइतीघर लिपुणबाट घर फर्किने क्रममा उक्त भीरबाट लडेर कलावतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ