अन्तराष्ट्रिय समाचार स्वास्थ्य

मस्तिष्करोगको उपचार गर्न सक्ने हेल्मेट बनाइयो

अमेरिकाको क्यालिफोर्नियामा रहेको एक स्टार्टअप कम्पनीले मानव मस्तिष्कका संकेतहरू पढ्न सक्ने प्रविधियुक्त हेल्मेट बनाएको छ ।

कर्नल नामक कम्पनीले हेल्मेट आकारको टोपीमा अट्ने दुई नयाँ प्रविधि बनाएको घोषणा गरेको हो । ती दुवै प्रविधिले मस्तिष्कको गतिविधि हेर्न र रेकर्ड गर्न सक्छन् ।

यी डिभाइसहरूको तस्वीर खिचेर सार्वजनिक गरिएको छैन । यिनीहरू मस्तिष्कको अध्ययन गर्ने इलेक्ट्रोइन्सेफालोग्राफी जस्ता भारीभरकम उपकरणभन्दा भिन्न छन् ।

म्याग्नेटोइन्सेफालोग्राफी मशिन जस्ता डिभाइसले एउट पूरा कोठा नै ओगट्छन् र रोगीको टाउको त्यसभित्र अड्काउनुपर्ने हुन्छ ।

तर कर्नलले बनाएका फ्लक्स र फ्लो नामक प्रविधिले प्रकाश र कम्प्युटर आल्गोरिदम उपयोग गरेर इलेक्ट्रोम्याग्नेटिक ऊर्जा र रक्तप्रवाहको मापन गर्न सक्छन् ।

यी डिभाइसहरूले सिजोफ्रेसनया जस्ता रोगको अध्ययनमा सहयोग गर्न सक्ने अनि पक्षघात भएका मानिसलाई सोचेको भरमा शब्द बनाउन सहयोग गर्ने आशा कम्पनीले लिएको छ ।

अनि फ्लक्स र फ्लोलाई स्नायुविज्ञानमा उपयोग गर्दा डिप्रेसन र मस्तिष्कलाई हानि गर्ने अन्य विकारको उपचारमा पनि उपयोग गर्न सकिने आशा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ