राजनीती राष्ट्रिय समाचार

‘भारतले लिपुलेकको सडक अहिल्यै खनेको होइन, बोल्दा ख्याल गरौँ’

सीमा विवादमा तथ्यसहित बोल्न आग्रह थाहा संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अहिल्यै सडक नखनेको बताएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली भूमि हुँदै भारतले अहिल्यै सडक नखनेकाले बोल्दा ध्यान दिनुपर्ने बताएका हुन्।

‘लिपुलेक क्षेत्रमा भारतले अहिल्यै सडक होइन, यो सरकार आउनुभन्दा पहिलेबाटै त्यहाँ सडक खनिएको हो’, ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भारतले नेपाली भूमि अतिक्रमण गरेको विवाद आजको होइन, पहिलेबाटै चल्दै आएको छ।’

प्रधानमन्त्री ओलीले सीमा मिचिएको’boutमा बोल्दा ध्यान दिनुपर्ने पनि बताएका छन्। ‘सीमाविवाद’boutमा बोल्दा तथ्यपरक रुपमा प्रस्तुत हुनु जरुरी छ। प्रमाण नभइ बोल्न हुँदैन’, बैठकमा ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘भारतसँग वार्ताको प्रयास भइरहेको छ। यसअघि पनि हामीले चिठी पठाएका छौँ। त्यसैले यस’boutमा बोल्दा सबैले सम्यमता अपनाउनु जरुरी छ।’

बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपाली भूमि मिचेर सडक नै बनाएको’boutमा ‘ब्रिफिङ’ गरेका थिए।

उनले बैठकमा भारतीय राजदूतलाई बोलाएर सोधिएको उल्लेख गर्दै वार्ताका लागि नेपालको तर्फबाट सबै किसिमको प्रयास भइरहेको उल्लेख गरे।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ