अन्तराष्ट्रिय समाचार हिंसा

भारतमा प्रतिबन्धित समूह हिजबुल मुजाहिद्दिनका नेता नाइकु मारिए

भारतमा प्रतिबन्धित समूह हिजबुल मुजाहिद्दिनका नेता रियाज नाइकु मारिएका छन्।

मंगलबार कास्मिरको पुलावामामा नाइकुसहित अन्य दुई जना मारिएका हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार उनी पुलवामाको विघबोरा गाउँमा फसेका थिए। जम्मु र कास्मिरका डिजिपी दिलवाग सिंहले यसको अनुगमन गरिरहेका छन्।

आठ वर्ष देखि फरार रहेका नाइकु मारिनुलाई भारतीय सुरक्षाकर्मीले सफलता मानेका छन्।

सन् २०१७मा अमेरिकाले ग्लोबल आतंककारी समूहको रूपमा घोषणा गरेको पाकिस्तानको हिज्बुलका प्रमुखसँग नाइकु नजिक भएको बताइएको छ।

सन् २०१६ जुलाईमा कास्मिरको कमान्डर बुरहान वानी मारिएपछि उनी प्रमुख भएका थिए। हिजबुल मुजाहिद्दिनमा प्रवेश गर्नु अघि उनी विद्यार्थीलाई ट्युसन पढाउने गर्थे।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ