अन्तराष्ट्रिय आर्थिक समाचार

भारतमा घर–दैलोमै मदिरा पुर्‍याउन सर्वोच्च अदालतको सुझाव

मदिरा अप्रत्यक्ष बिक्री र र होम डेलिभरी अर्थात् घर दैलोमै मदिरा पु-याउने’bout विचार गर्न भारतका विभिन्न राज्यहरुलाई त्यहाँको सर्वाेच्च अदालतले सुझाव दिएको छ । मदिरा पसलमा भीड जम्मा हुनबाट रोक्नका लागि व्यापार रोक्न माग गर्दै याचिका दायर भएपछि सर्वोच्चको यस्तो सुझाव आएको हो ।

न्यायमूर्ती अशोक भूषणका इजलाशले कुनै स्पष्ट आदेश भने दिएन । याचिकामा मदिरा व्यापार’bout स्पष्ट गर्न माग गरिएको थियो र लकडाउनका दौरान मदिरा पसलमा शारीरिक दूरी पालना गर्नका लागि निर्देशन दिन भनिएको थियो ।

याचिकाकर्ताले शारीरिक दूरी उल्लंघन भएका कारण मदिरापसल बन्द गर्नुपर्ने माग गरेका थिए । न्यायमूर्ती अशोक भूषणले यस’bout कुनै पनि आदेश पारित नगर्ने बताए, तर राज्यहरुले मदिराको अनलाईन बिक्री र होम डेलिभरी’bout विचार गर्नुपर्ने सुझाव दिए ।

याचिकाकर्ताले सर्वोच्च अदालतसँग मदिरा पसलमा जम्मा भीडकै कारण आम मानिसको जीवन कोरोनाबाट प्रभावित नहोस् भन्ने चाहेको बताएका थिए । इजलासका न्यायधिसहरुले होम डेलिभरी’boutको चर्चा पहिलेदेखि नै चलिरहेको बताए ।

यी राज्यमा होम डेलिभरी

१७ मेइसम्म भारतमा लकडाउन बढाइएको छ । यसपछि गृह मन्त्रालयले मदिरापसल खोल्ने अनुमति दिनका लागि राज्यहरुलाई निर्देशन दिएको थियो । त्यसपछि राज्यका मदिरापसल खोलिए ।

पसलमा धेरै ठूलो भीड जम्मा भयो र सामाजिक दूरीको नियम उल्लंघन भयो । यसपछि छत्तिसगढ, पश्चिम बंगला र पञ्जाब राज्यमा होम हेलिभरी सुविधा सुरु भयो । दिल्लीमा ई– टोकन सेवा सुरु भयो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ