अन्तराष्ट्रिय राष्ट्रिय स्वास्थ्य

भारतबाट फर्किएर बैतडीमा अलपत्र मजदुरको उद्धार

भारतबाट फर्किएर बैतडीमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका २२ मजदुरको उद्धार गरिएको छ। १४ जनाको शुक्रबार र ८ जनाको बिहीबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उद्धार गरिएका उनीहरुलाई गाडीमार्फत सम्बन्धित जिल्लामा पठाइएको जनाएको छ।

उद्धार गरिनेमा बाजुराका ८, कञ्चनपुर र कैलालीका ४÷४ र डोटी र डडेल्धुराका ३÷३ जना रहेका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। दार्चुलास्थित महाकाली नदीको रत्यौडा नाकाबाट ट्युबमार्फत उनीहरु नेपाल भित्रिएका प्रहरीले जनाएको छ।

उनीहरुलाई बैतडी प्रहरीले जिल्लाको दोगडाकेदार र दशरथचन्द नगरपालिकाका विभिन्न क्षेत्रमा भेट्टाएको प्रहरी प्रवक्ता किसन चन्दले बताए। उनीहरु भारतको पिथौरागढमा सडक मजदुरका रुपमा कार्यरत थिए। भारतमा लकडाउन खुकुलो भएपछि उनीहरु नेपाल प्रवेश गर्न पाएका हुन्।

भारत सरकारले पिथौरागढ जिल्लालाई ग्रिन जोनमा राख्दै लकडाउन खुकुलो बनाएको छ। यसैबीच बैतडी र दाुर्चलाको भारतीय सीमा क्षेत्र महाकाली किनारमा सशस्त्र प्रहरी खटाएको भए पनि सुरक्षाकर्मी छलेर नेपाल प्रवेश गरिरहेका छन्।

अवैध रुपमा नेपाल भित्रिने क्रम नरोकिँदा कोरोना भाइरस संक्रमणको जोखिम पनि बढ्दै गएको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ