राजनीती राष्ट्रिय समाचार

भारतको विरोधमा अनेरास्ववियू र युवा संघ धनकुटाको विरोध र्‍याली

भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा अनेरास्ववियू धनकुटा र युवा संघ नेपाल धनकुटाले सोमबार धनकुटाको मौनाबुधुक र राजारानीमा विरोध र्‍याली निकालेको छ।

अनेरास्ववियूधनकुटाका नेता प्रकाश गिरी र युवा संघ नेपाल धनकुटाका नेता हेमकर्ण कोइराला नेतृत्वमा भएको विरोध र्‍याली निकालेको हो। र्‍यालीमा प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि स्थिति केही असामान्य बनेको थियो।

राष्ट्रहितमा गरेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्नु दुखद पक्ष रहेको अनेरास्ववियूू धनकुटाका नेता गिरीले बताए। यता प्रहरीले भने ठूलो संख्यामा प्रदर्शनकारी रहेकाले कोरोना महामारीको अवस्था हेरेर कम संख्यामा रहन आग्रह गरिएको जनाएको छ।

र्‍यालीमा सहभागीले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, सिमा मिच्न पाइदैन लगायत नाराबाजी गरेका थिए। भारतले महाकालीवारी सडक बनाएर नेपालको भूमि मिचेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ