अन्तराष्ट्रिय राजनीती समाचार हिंसा

भाडाका अमेरिकी सैनिकद्वारा भेनेजुएलामा गरिएको ‘कू’ को प्रयास विफल

अमेरिकी सेनाका पूर्व सदस्य पक्राउ

भेनेजुएलाको राष्ट्रिय टेलिभिजनमा एक अमेरिकी नागरिकले राष्ट्रपति निकोलास माडुरोलाई सत्ताच्युत गरी अमेरिका ल्याउने षड्यन्त्र रचेको स्वीकार गरेका छन् । यो हप्ता पक्राउ परेका १३ जनामध्ये लुक डेनम्यान एक हुन् । भेनेजुएलाले ’em भाडाका सैनिकहरु रहेको र उनीहरुको सशस्त्र कारवाहीलाई विफल तुल्याएको दाबी गरेको छ ।

राष्ट्रपति माडुरोले यसअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि देशमा ‘कू’ गरेर आफूलाई हटाउन खोजेको आरोप लगाउँदै आएका छन् । ट्रम्पले यो हप्ताको सुरुवातमा सो आरोपको खण्डन गरेका थिए । यता, सेक्रेटरी अफ स्टेट माइक पोम्पेओले पक्राउ परेका अमेरिकीहरुलाई सुरक्षितरुपमा फर्काउन ‘हरेक अस्त्र’ को प्रयोग गर्ने बताएका छन् ।

भेनेजुएलाको टेलिभिजनमा के प्रशारण भएको थियो ?

बुधबार ३४ वर्षीय डिनम्यानले टेलिभिजनमा आफूलाई भेनेजुएलाका जनतालाई हतियारको प्रशिक्षण दिन बोलाइएको र माडुरोलाई देशबाहिर लैजान काराकासमा आएर विमानस्थल कब्जामा लिने जिम्मेवारी पाएको बताएका थिए । ‘म भेनेजुएलाका जनतालाई देशमा पुनः नियन्त्रण कायम गर्न सहयोग गरिरहेको थिएँ,’ अमेरिकी सेनाको विशेष दस्ताको पूर्वसदस्य समेत रहेका डिनम्यानले भनेका थिए । फ्लोरिडाको सिल्भर कर्प नामक कम्पनीका सञ्चालक तथा पूर्व अमेरिकी सैनिक जोर्डन गोड्रेउले डिनम्यान र ४१ वर्षीय एरान बेरीलाई उक्त अपरेशनका लागि सम्पर्क गरेका थिए । भेनाजुएलाले गोड्रेउको सुपुर्दगीका लागि पहल गर्ने पनि बताएको छ ।

माडुरोका अनुसार सिल्भर कर्पले विपक्षी नेता हुवान गुवाइडोसँग करार गरेको थियो । गुवाइडोलाई अमेरिकाले भेनेजुएलाको ‘वैद्य’ नेता मान्दछ । ‘डोनाल्ड ट्रम्प यो आक्रमणको मुख्य योजनाकार हुन्,’ भिडियो प्रशारण भएपछि आयोजित पत्रकार सम्मेलनमा माडुरोले भने । उनले अमेरिकीहरुको निष्पक्ष सुनुवाई हुने पनि आश्वासन दिए । उनले पक्राउ परेकाहरुको अवस्था’bout थप जानकारी भने दिएनन् ।

को हुन् पक्राउ परेका अमेरिकी नागरिक ?

डिनम्यान र बेरीको ’boutमा धेरै कुरा खुलिसकेको छैन । भेनेजुएलाको सैनिकको हाईकमान्डले उनीहरुले अमेरिकी सेनाको पूर्वसदस्य रहेको बताएको छ । अमेरिकी मिडियाले पनि उनीहरु अमेरिकी सेनाकै पूर्वसदस्य रहेको संकेत गरेको छ । तर, यसको पुष्टि भइसकेको छैन ।

काराकासका अनुसार विफल पारिएको कू को प्रयासमा ८ जना सशस्त्र सदस्यहरु मारिएका छन् भन ११ जनालाई पक्राउ गरिएको छ ।

यता, गुवाइडोले भने ती अमेरिकी नागरिकसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् जबकि गोड्रेउले उनको गुवाइडोसँग सम्बन्ध रहेको बताइसकेका छन् । महामारीबाट ध्यान भड्काउनका लागि यो कुरा बाहिर ल्याइएको गुवाइडोले आरोप लगाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ