कृषि राष्ट्रिय समाचार

बोर्डको अध्यक्ष पदका लागि अर्जुन कुमारको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि चलचित्र निर्माता अर्जुन कुमारले आवेदन दिएका छन् । संचार, सूचना तथा प्रविधि मन्त्रालयमा पुगेर उनले शुक्रबार आवेदन दिएका हुन् । निर्माता अर्जुन कुमारले नेपाल सरकारले चलचित्र क्षेत्रको लागि आफूले पनि लामो समयदेखि काम गरेको र अनुभव हासिल गरेकाले पनि बोर्ड अध्यक्ष पदका लागि आवेदन दिएको बताए ।

अर्जुनले भने–‘नेपाल सरकारको सूचनामा माग भएका सबै कुराहरु पुर्याएर मैले आवेदन दिएको छु । चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको एक मात्र सरकारी निकाय हो । यसैले, उक्त संस्था चलचित्र क्षेत्र नै वुझेको मानिस जानुपर्छ भन्ने मेरो मान्यता हो ।’

चलचित्र विकास बोर्डको अध्यक्ष हुनका लागि सरकारले तोकेको मापदण्ड मात्र पुर्याएर हुँदैन, राजनीतिक लबिङ पनि आवश्यक हुन्छ । अर्जुनले आन्तरिक लबिङलाई पनि तिव्रता दिएका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक तथा निर्माता भूवन केसी, निर्देशक दयाराम दाहाल, कलाकार सोहित मानन्धर लगायतको पनि चर्चा छ ।

निर्माता अर्जुन कुमारले ‘चपली हाइट, चपली हाइट २, फिटकिरी, चपलइ हाइट ३, फाटेको जुत्ता’ लगायतका चलचित्र निर्माण गरिसकेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ