अन्तराष्ट्रिय समाचार स्वास्थ्य

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

काठमान्डौ, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन लाई अस्पताल भर्ना गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन को कोरोना परिक्षण पोजेटिभ आएको १० दिन पछि अस्पताल भर्ना हुनुभएको छ ।

वहालाई लन्डन हस्पिटल मा भर्ना गरिएको छ ।

प्रधान मन्त्री जोनसन ५५ वर्ष को हुन हुन्छ । डक्टर को सल्लाह अनुसार हिजो राति भर्ना भएपछि वहा को टेस्टहरू गर्न सुरु गरिएको छ ।

१० दिनअधि नै टेस्ट पोजेटिभ आए पनि लक्षणहरू भरखर देखिनथाले पछि अस्पताल भर्ना गरिएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प ले सन्देश पठाउनु भयो “सबै अमेरिकीहरुले शीघ्र स्वास्थ्यको कामना गरिरहेका छन् उहाँ हाम्रो असल मित्र र भलादमी व्यक्ति हुनुहुन्छ र उहाँ निकै आत्मविश्वासी पनि हुनुहुन्छ” ।

बोरिस जोनसन संसारको पहिलो प्रधानमन्त्री हो जसले यो रोगको असाधारण पिडा आफै खपदै हुनुहुन्छ । उहाँ हस्पिटलबाट नै आफ्नो सेवा दिइरहनुभएको छ ।

जोनसन सगँ सम्पर्क मा आएका सबै अधिकारी, एडभाइजर र मन्त्रीहरू लाई आइसोलेसन मा वस्न भनिएको छ ।

जोनसन लाई कोरोना पोजेटिभ भएपछि वहा आफनै निवास वाट काम गर्दे हुनुहुन्थ्यो । सुक्रवार वहा ले टुइटर भीडियो मा भन्नु भएको थियो कि कोरोना को अलि-अलि लक्षण देखिन थालेको छ भनेर ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ