अन्तराष्ट्रिय समाचार हिंसा

बाल यौन दुर्व्यवहारको मुद्धामा फिलिपिन्सले एक अमेरिकीलाई दियो जन्मकैदको सजाय

जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन।जन्मकैदको सजाय सुनाइएका अमेरिकी नागरिक डेभिड तिमोथी डकिन।

फिलिपिन्सको एक अदालतले बुधबार एक अमेरिकीलाई बाल यौन दुर्व्यवहारको आरोपमा जन्मकैदको जेल सजाय सुनाएको छ।

डेभिड तिमोथी डकिन नामका ती अमेरिकी नागरिकलाई वेभ क्यामराको प्रयोग गरी विदेशी ग्राहकहरुलाई बालबालिकाको भिडियो, फोटो र लाइभ स्ट्रिम बेचबिखनको आरोप लागेको थियो।

राष्ट्रिय अनुसन्धान ब्युरोका अधिकारी जेनेट फ्रान्सिस्कोले डेभिडको उक्त कारवाहीलाई एक कडा चेतावनी रूपमा बुझ्न भनेका छन्।

‘साइबरस्पेसमा यौन शोषण गर्ने अपराधि कुनै पनि हातलमा लुक्न सक्दैनन् ’cause कानुन प्रवर्तनकर्ताहरूले उनीहरूलाई समात्नका लागि विश्वव्यापी सहयोग गरिरहेका छन्’, उनले भने।

उत्तरी पाम्पाङ्गा प्रान्तको क्षेत्रीय ट्रायल अदालतका न्यायाधिश इरिनियो पाङ्गिलिनानले डेभिडलाई मानव तस्करीमा दोषी ठहराएको हो।

उनलाई अदालतले आजीवन कारावासको सजाय सुनाउनुका साथै जरिवाना तिर्न र पीडितलाई क्षतिपूर्ति दिनसमेत आदेश जारी गरेको छ।

कोरोना भाइरस र क्वारेन्टाइन प्रतिबन्धका कारण उनलाई अनलाइन मार्फत नै सजाय सुनाइएको थियो।

अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेशनको सूचनाका आधारमा डेभिडलाई सन् २०१७ अप्रिलमा पाम्पाङ्गाको माबालागाट शहरमा रहेको उनकै फ्ल्याटबाट गिरफ्तार गरिएको थियो।

डेभिड अमेरिकाको इलिनोइसका वासिन्दा हुन्। उनी सन् २००० देखि फिलिपिन्समा थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ