आर्थिक राष्ट्रिय समाचार

बजार मूल्यभन्दा बढीमा सिमेन्ट बेच्ने एक जना पक्राउ

बजार मूल्यभन्दा बढीमा सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले जनकपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले जनकपुर उपमहानगरपालिका-११ का ४८ वर्षीय रामप्रताप साहलाई आइतबार नियन्त्रणमा लिएको हो ।

बजार मूल्यभन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आनन्द इन्टरप्राइजेज हार्डवयरका सञ्चालक समेत साहलाई नियन्त्रणमा लिएको हो । विभिन्न ब्रान्डका ४९ बोरा सिमेन्टसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ