अन्तराष्ट्रिय आर्थिक समाचार

फेसबुकसँगको साझेदारीपछि अम्बानी बने एसियाकै धनी

भारतीय ब्यवसायी मुकेश अम्बानी फेरि एसियाकै सबैभन्दा धनी भएका छन्। अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबैभन्दा धनी बनेका हुन्।

फेसबुकले रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा किनेपछि सम्पत्ति बढेर अम्बानी एसियका सबैभन्दा धनी भएका हुन्।

ब्लुमवर्गको अर्वपति सूचकांकअनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलरपुगेको छ। योसँगै अम्बानी ज्याकमा भन्दा ३ अर्ब २० करोड डलरले अघि पुगेका छन्।

फेसबुकसँग डिलले अम्बानीको सम्पत्ति थपियो भने ज्याकमाकले कोभिड १९ सँग भिड्न गरिरहहेको कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्। ज्याकमाले अहिलेसम्म १ अर्ब डलर कोभिड रिलिफ अभियानमा खर्च गरेको ब्लुमवर्गले उल्लेख गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ