आर्थिक समाचार

पासवर्ड र पिन रिसेट गर्दा बैंकले शुल्क लिन नपाउने

बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन कारोबार गर्न आवश्यक पर्ने सेवाहरु निशुल्क दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न र त्यसको लागि आवश्यक सेवा दिंदा शुल्क नलिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले बैंकमा अनलाइन सेवा सुरु गर्दा, पासवर्ड रिसेट गर्दा, पिन रिसेट गर्दा, ग्राहक प्रमाणित गर्दा, भेरिफाई गर्दा, कार्ड नवीकरण गर्दा २०७७ असार मसान्तसम्म कुनै शुल्क नलिन निर्देशन दिएको हो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ