राजनीती समाचार

पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने

पार्टी फुटाउन संसदीय दल वा केन्द्रीय समिति एकमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समिति दुबैमा ४० प्रतिशत बहुमत भएमात्र पार्टी फुटाउन सकिने व्यवस्था छ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आजै उक्त अध्यादेश जारी गर्ने सम्भावना छ।

पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको थियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ