आर्थिक राष्ट्रिय समाचार

पर्सामा राहत माग्दै गाउँपालिका घेराउ

राहत वितरण गर्न माग गर्दै स्थानीयले पर्साको जीराभवानी गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।

गाउँपालिकाले राहत वितरण नगर्दा गरिब तथा विपन्न परिवार बढी समस्यमा परेको भन्दै वडा नम्बर १ का स्थानीयहरुले आइतबार गाउँपालिका घेराउ गरेका हुन् ।

जनता समाजवादी पार्टीका स्थानीय नेता नेसार समानीको नेतृत्वमा लकडाउन प्रभावितहरु गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए । गाउँपालिकाले वडा नं २ मा बाहेक अन्य वडामा राहत वितरण नगरेकोले दबाव दिनका लागि गाउँपालका घेराउ गरिएको समानीले बताए ।

प्रदर्शनमा सहभागीहरुले ‘जनता करे राशन राशन, नेता करे भाषण भाषण’, ‘गाउँपालिका घेरल जाई, तब राहत पावल जाई’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि तीन दिनभित्र राहत वितरण गर्नुपर्ने माग सहित वडावासीहरुले गाउँपालिका प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए । तीन दिन बितिसक्दा समेत मागमा कुनै सुनुवाई नभइपछि बाध्य भएर लकडाउनमा प्रदर्शनमा उत्रनु परेको उनीहरु बताउँछन् ।

गाउँपालिकाकी उपप्रमुख उषा चौधरीले बुधबार वडा अध्यक्षहरुसँग छलफल गरेर १० दिनभित्र राहत वितरण गर्ने आश्वासन दिएपछि उनीहरु घर फर्केका थिए । गाउँपालिका प्रमुख रामपृत महतोले राहत वितरणका सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ