अन्तराष्ट्रिय समाचार स्वास्थ्य

पछिल्लो २४ घन्टामा भारतमा थपिए २५ सय बढी कोरोना संक्रमित

भारतमा लगातार दुई दिन कोरोनाभाइरसका संक्रमित २ हजारभन्दा बढीका दरले थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ दिएको जानकारीका अनुसार गएको २४ घण्टामा दुई हजार पाँच सय ५३ संक्रमित थपिएका छन् भने ६७ जनाले ज्यान गुमाएका छन्।

भारतमा अहिलेसम्म ४२ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ भने एक हजार तीन सय ७३ जनाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयका सचिव लव अग्रवालले पत्रकार सम्मेलनमा उपचारपछि ११ हजार सात सय सात जना घर फर्किसकेको जानकारी दिए।

आइतबार मात्रै दुई हजार चार सय ८७ जना संक्रमित थपिएका थिए।

मार्च २५ देखि सुरू भएको लकडाउन मे १७ सम्मका लागि लम्बिएको छ। ४० दिन पछि लम्बिएको लकडाउन खुकुलो बनाएको छ। सरकारले रेड, ओरेन्ज र ग्रीन गरी तीन तहमा वर्गीकरण गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ