अन्तराष्ट्रिय समाचार हिंसा

नेपाल-भारत सिमानामा एसएसबीका सईले गरे आत्महत्या

नेपाल र भारतको सीमामा रहेको बरगनियामा भारतको सशस्त्र सीमा बलका एक सईले शनिवार बिहान आत्महत्या गरेका छन् । उनले आफू बसेको ब्यारेकमा गोली हानेर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलेको छैन किनकि मृतकबाट कुनै टिपोट भेटिएको छैन, प्रहरीले बतायो ।

‘सईले आत्महत्या गरेको आरम्भिक अनुसन्धानमा देखिन्छ । तर आत्महत्याको कारण खुलिसकेको छैन । पोस्टमोर्टम सदर अस्पतालमा गरिएको थियो र मृत शरीर एसएसबीलाई सुम्पिइएको छ । मृतकका परिवारका सदस्य र सहकर्मीहरूको बयान लिइसकिएको छ । बैरगनिया प्रहरी चौकीमा उजुरी पनि दर्ता गरिएको छ । थप अनुसन्धान जारी छ,’ सीतामढी एसपी अनिल कुमारले बताए ।

एसएसबीका सहायक कमान्डर अनुरागले सईको मृत्युको कारणमा अनुसन्धान गर्ने बताए ।

घटना शनिवार बिहान भारतीय समयअनुसार साढे ६ बजे भएको थियो । सईलाई तत्कालै नजिकैको निजी अस्पताल लगिएको थियो । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको प्रहरीको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ