समाचार स्वास्थ्य

नेपालमा थप १० जनामा देखियाे काेराेनाभाइरस संक्रमण, संक्रमित संख्या ६९

नेपालमा आइतबार थप १० जनामा कोरोनाभाइरस पोजिटिभ देखिएको छ ।

१० जना सहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

संक्रमित हुनेहरुमा पर्साका ३६ वर्षीय युवक र बाँकी ९ जना नेपालगञ्जका रहेका छन् ।

बाँकेमा संक्रमित हुनेहरुमा ७ देखि ५८ वर्षभित्रका छन् । उनीहरुको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् ।

यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ