मौसम समाचार

नेपालमा चार किसिमका वायुको प्रभाव, आज पनि वर्षा

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नेपालमा चार प्रकारका वायुको प्रभाव रहेको जनाएको छ ।

पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

महाशाखाका अनुसार हालको मौसमको अवस्था पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार शुक्रबार दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू–भागका थोरै स्थानहरूमा साथै मध्य र पश्चिमका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति देशको पूर्वी भु–भागमा सामान्य बदली अनि मध्य र पश्चिमका पहाडी भू–भागमा आंशिक बदली भई बाँकि भू–भागमा सामान्यतया सफा रहनेछ।

पूर्वी भू–भागका एक दुइ स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ