राजनीती समाचार

नेकपाको आन्तरिक विवादको छाया मधेसमा

काठमाडौं । आन्तरिक विवादले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई तराई–मधेसमा असर पुगेको छ । 

केन्द्रमा जस्तै प्रदेश तहसम्म आन्तरिक विवाद कायम रहँदा मधेसमा पनि त्यसको स्पष्ट छाया देखा परेको हो । 

यस्तै प्रधानमन्त्री केपी ओलीले हालै ल्याएको अध्यादेश, विगतमा उनको मधेस’boutको अभिव्यक्तिले पनि सो पार्टीलाई मधेस अप्ठ्यारो पारेको बताइन्छ । 

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले विगतमा मधेस’bout आक्रामक अभिव्यक्ति दिने गरेका थिए ।  

यस्तै पछिल्लो समय उनले  ल्याएको अध्यादेश र त्यसपछि भएको सांसद अपहरणको प्रकरणले नेकपालाई थप असर पारेको नेताहरुको भनाइ छ । 

अध्यादेश प्रकरणपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएर  जनता समाजवादी पार्टी नेपाल (जसपा) गठन भएपछि नेकपामाथि थप चुनौति थपिएको छ ।  मधेसप्रति नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको टिप्पणी र कार्यशैलीका  कारण अन्ततः जसपालाई नै फाइदा हुने देखिएको छ । 

मधेस आन्दोलनताका उखान टुक्काबाट मधेस तथा मधेसीमाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै मधेसवादी दलले अध्यक्ष ओलीलाई मधेस प्रवेशमा निषेध नै गरेका थिए ।  पछि प्रधानमन्त्री र पार्टी एकीकरण भएसँगै उनी मधेस पुगेका थिए । 

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ