समाचार स्वास्थ्य

निरीक्षणका लागि छाउनी जाँदैछन् प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी अप्स) मा पुगेर कोरोना संक्रमणको अवस्था’bout जानकारी लिँदैछन् ।

छाउनीस्थित सेन्टरको कार्यालयमा पुगेर ओलीले अपरेशनका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंसहित नेपाली सेनाका वरिष्ठ सैन्य अधिकृतबाट ब्रिफिङ लिँदैछन् ।

कोभिड १९ भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि सीसीएमसी अप्सको स्थापना गरिएको थियो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्री ओली छाउनमा आउन लागेको पुष्टि गरे ।

अप्सले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङदेखि औषधि खरिदसम्मका कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ