समाचार हिंसा

नाबालिका बलात्कार केसमा श्री सुब्बालाई सात दिनको म्याद थप

८ वर्षीया नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका श्री सुब्बालाई सात दिनको म्याद थप गरीएको छ । इलाका प्रहरी कार्यालय धरानले बिहिबार पक्राउ गरेका सुब्बालाई शुक्रबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको हो ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले भने ‘पहिलो पटकलाई अदालतबाट ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने गरी अनुमति पाएका छौं’ ।

बलात्कारको आरोपमा पक्राउ गरेको सुब्बा समाजवादी युवा संघका १ नं. प्रदेश अध्यक्ष हुन् । उनलाई परीवारभित्रकै एक बालिकालाई लगातार बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

नाबालिकालाई पैसा दिएर करणी गरेको नाबालिकाकी आमाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ