राष्ट्रिय समाचार

नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने छ : पर्यटनमन्त्री

पर्यटनमन्त्री योगेश भट्टराईले भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय ‘इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने’ बताएका छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकपछि ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने नै छ। आजको मिति र निर्णय युगयुगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहने छ। धन्यवाद प्रम केपी शर्मा ओली।’

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ